संगालोखबर

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्तन क्यान्सरको उपचारमा एक महिनाभर ७५ प्रतिशतसम्म छुट दिने भएको छ । स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएकाले अक्टोबर अर्थात असोज १५ देखि कात्तिक १५ गतेसम्म नोबेलले छुट दिने भएको हो ।

Advertisement

विश्वभर स्तन क्यान्सरको तथ्याङ्क भयावह छ । क्यान्सरका कारण मृत्यु हुनेमा स्तन क्यान्सर पनि प्रमुख मानिन्छ । सुरुवाती चरणमै उपचार गराउँदा स्तन क्यान्सर पूर्ण रुपमा निको हुने भएकाले परीक्षण र उपचारमा सहयोग पुर्याउन छुट सुविधा दिइएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् ।

उनका अनुसार मेमोग्राफी परीक्षणमा ७५ प्रतिशत, बायोप्सी परीक्षणमा ५० प्रतिशत र रोग पहिचान भइसकेपछि अन्य सामान्य उपचारमा ५० प्रतिशत, स्तन क्यान्सरको शल्यक्रियामा २५ प्रतिशत र रेडिएसन थेरापीमा २५ प्रतिशत छुट दिइनेछ ।

क्यान्सरको पहिचानदेखि सबै किसिमको उपचार नोबेलमा हुने भएकाले अब टाढा धाउनुपर्ने वाध्यता नरहेको अस्पताल निर्देशक डा.राजेश नेपाल बताउँछन् । स्तन क्यान्सरको उपचारमा शल्यक्रिया, केमो थेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी र रेडिएसन थेरापी आवश्यक पर्छ । यी सबै सुविधा नोवेलमा रहेको क्यान्सर रोग विशेषज्ञ डा.प्रदिप भण्डारीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!