संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङबाट बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका-१ ओख्रेका ३२ वर्षीय सुमन ओख्राबु लिम्बूलाई बुबाको हत्या आरोपमा पक्राउ गरेको हो । 

हिजो बिहान घरायसी विवाद हुँदा सुमनले बाम्फोक प्रहार गरी ५५ वर्षीय बुबा श्यामको हत्या गरेको प्रहरीले जनाएको छ । बाम्फोक प्रहारबाट श्यामको घटनास्थलमै मृत्यु भएको थियो । 

Advertisement

जानकारी पाउनासाथ तत्काल घटनास्थल पुगेको प्रहरीले सुमनलाई हतियारसहित प्रक्राउ गरेको थियो । उनको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!