संगालोखबर


विराटनगर । विराटनगरमा ट्रकले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ । विराटनगर-१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो ।

हिजो साँझ विराटनगर-१८ आईसीपी छेउ भित्री सडकखण्डमा एउटै दिशातर्फ गइरहेको अवस्थामा ना ४ ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको मोरङका ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए ।

Advertisement

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराट नर्सिङहोम ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना  लगत्तै फरार भएका ट्रक चालक सुनसरीको बर्जू गाउँपालिका-५ का दीपक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीब्र गतिमा रहेको ट्रकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!