संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-८ बाट निषेधित औषधीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त औषधी ओसार पसारमा संलग्न धरान-५ का २२ वर्षीय युवराज लिम्बू र १८ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ तीनकुनेमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

काँकरभिट्टाबाट धरान आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१९५ नम्बरको बसको सिटमुनि झोला भित्र निषेधित औषधी ट्रमाडोल ४ हजार ७ सय ५० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी बर्जु गाउँपालिका-५ बाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २५ किलो गाँजासहित देवानगन्ज गाउँपालिका-१ का १८ वर्षीय ललन मेहता पक्राउ परेका हुन् ।

यस्तै दुहबी नगरपालिका-७ बाट १७ किलो गाँजासहित को २८ प ५८३५ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!