सन्तोष सुवेदी/संगालोखबर


धनकुटा  । धनकुटामा चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा निकाय र सरोकारवालाबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

चाडवाडको बेलामा उपभोक्ता तथा यात्रुहरूलाई समस्या नपरोस् भन्ने उद्देश्यले साथै कुनै अप्रिय घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिने बताइएको छ ।सवारी साधनमा विशेष चेकजाँच गरिने धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

Advertisement

यस्तै बजार अनुगमन, मानिसको धेरै जमघट हुने स्थानमा प्रहरी परिचालन, यात्रु सहायता कक्ष स्थापना, शर्त पुरा गरेर मेला महोत्सव सञ्चालन गर्न दिने र यातायात व्यवस्थापनमा विशेष ध्यान दिने बैठकले निर्णय गरेको छ ।

धनकुटा हुँदै अन्य जिल्ला आवत-जावत हुने नाकामा कडाइका साथ चेकजाँच गरिने भएको छ ।  भेडेटार, धनकुटा बसपार्क र हिलेमा यात्रु सहायता कक्ष स्थापना हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

चाडपर्वको समयमा यातायात व्यवसायीले बढी भाडा लिएको खण्डमा कारबाही गरिने पौडेलले जानकारी दिए । तोकिएको भन्दा बढी भाडा लिएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत प्रमुख जिल्ला अधिकारी पौडेलले यात्रुलाई आग्रह गरेका छन् ।

बैठकमा जिल्लाका सबै सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि,  राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!