संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले राजीनामा दिएका छन् । झण्डै एक वर्षदेखि हङकङमा रहेका उनीविरुद्ध कारबाहीको आवाज उठ्न थालेपछी राजीनामा दिएका हुन् ।

उनले हङकङबाट नै जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई सम्बोधन गर्दै असोज १८ गतेबाट लागू हुनेगरि राजीनामा पठाएका हुन् । २४ कात्तिक २०८० बाट वडामा अनुपस्थित रहेका उनले जनताको सेवा गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

Advertisement

उनले आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । स्थानीयले वडाध्यक्षको अनुपस्थितिमा वडाको समग्र काममा अवरोध भएको भन्दै केही दिन अगाडि ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!