संगालोखबर
फाइल तस्बिर

विराटनगर । झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा एक बालिका र दुई जना पुरुष बेपत्ता भएका हुन् । हिजो झापाको कमल गाउँपालिका-१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको छ ।

यसैगरी कचनकवल गाउँपालिका-१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको प्रहरीले जनाएको छ । गौरीगञ्ज गाउँपालिका-३ र २ को सिमानामा पर्ने किस्ने खोलाको पुलबाट हाम फालेर गौरीगञ्ज-२ भाकुरमारीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन् ।

Advertisement

कचनकवल-२ मा अमरखुट्टा खोलाले प्र १-०२-०५ प ६९७८ नम्बरको मोटरसाइकल पनि बगाएको छ । खोला तर्ने क्रममा मोटरसाइकल बगाएको र चालक २७ वर्षीय रबिन भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

खोलामा आएको बाढीले बेपत्ता भएकाहरूको खोजीमा समस्या भएको छ । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!