संगालोखबर

विराटनगर । निरन्तर भइरहेको वर्षाका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराब भएकाले उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Advertisement

आज बिहानदेखि कुनैपनि विमानले उडान र अवतरण गरेका छैनन् । विराटनगरसहित विभिन्न स्थानमा हिजोदेखिनै निरन्तर वर्षा भइरहेको छ । वर्षा कारण विराटनगरका धेरै ठाउँमा पानी जम्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा विगत २४ घण्टामा १४१ मिलिमिटर वर्षा भएको छ ।

देशका पाँच स्थानमा धेरै वर्षा भएको मापन गरिएको छ । सप्तरीको कञ्चनपुरमा सबैभन्दा धेरै १५१ मिलिमिटर वर्षा भएको छ । धेरै वर्षा भएको स्थान मध्ये विराटनगर दोस्रोमा परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!