संगालोखबर


विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिएको कसुरमा पक्राउ परेका ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम ओली स्वतः वडाध्यक्ष पदबाट निलम्बित भएका हुन् ।

Advertisement

सेवाग्राही अमरनाथ चौहानसँग घुस लिएका ओलीलाई असोज ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!