संगालोखबर


विराटनगर । यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई दुःख दिएको गुनासो आएपछि अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरूको बारेमा थप खुल्न बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता बेद राज फुयलले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

को–को पक्राउ परे भन्ने खुल्न बाँकी रहेको र उनीहरूलाई कानुनी कारबाहीको प्रक्रियामा लगिएको उनले बताए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!