संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । हिजो साँझ लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-६ बाट एक जनालाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा झापा गाउँपालिका-५ का ४२ वर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

Advertisement

यसैगरी उदयपुरको कटारी नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले दुई जनालाई गाँजासहित नियन्त्रणमा लिएको छ ।

ताप्ली गाउँपालिका-१ का ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राईलाई १२ किलो गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!