संगालोखबर
साङ्केतिक तस्बिर


इलाम । इलाममा धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या पछि पतिले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।
सन्दकपुर गाउँपालिका-१ भित्तेमा ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् । 

‘पत्निको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरसँग भने, ‘पतिको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’ 

Advertisement

आज बिहान जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थलको स्थिति हेर्दा घटना हिजो नै भएको हुनसक्ने डीएसपी राई बताए । 

‘पति पत्नि मात्रै घरमा बस्दै आएका रहेछन्,’ डीएसपी राईले संगालोखबरसँग भने, ‘पतिमा मानसिक समस्या थियो भन्ने स्थानीयबाट बुझ्नमा आएको छ । धेरै कुरा थाहा भएको छैन ।’

पत्नीको शव घरबाट केही तल फेला परेको छ भने पतिको शव पनि नजिकै झुण्डिएको अवस्थामा फेला परेको राईले जानकारी दिए ।अहिले दुवै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा लगिएको प्रवक्ता राईले बताए । 

उनीहरूको जेठो छोरा वैदेशिक रोजगारीमा छन् भने कान्छो छोरो केहिदिन अघि फुपूको घरमा गएको खुलेको राईले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी छ भने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!