संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । हिजो साँझ झापा गाउँपालिका-४ बाट ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर उनीहरू पक्राउ परेका हुन् ।

कमल गाउँपालिका-७ का २५ वर्षीय सन्देश लिम्बू र ३६ वर्षीय पूर्ण बहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । मे ५ प ९६७३ नम्बरको स्कुटर चेकजाँचको क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले देवानगन्ज गाउँपालिका-३ बाट १५ हजार ३ सय ट्याब्लेट ट्रामाडोल फेला पारेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!