सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका खड्काले आगामी निर्वाचनमा सातवटै पालिका जित्नेगरी तयारी थाल्नुपर्ने बताएका हुन् ।

उनले यसमा आफूले पनि सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै खड्काले अहिलेको गठबन्धन आगामी निर्वाचन सम्म टिक्ने दाबी समेत गरे । यो अवधिमा पुल, विद्युत, खानेपानी र सिंचाइ लगायतका विकास निर्माणका कामले तिव्रता पाउने उनले बताए ।

Advertisement

यतिबेला राज्यको करोडौँ लगानी भएर अलपत्र रहेका पञ्चेश्वर, बुढीगण्डकी, अपर अरुण, तमोर जलविद्युत आयोजनामा आफ्नो ध्यान केन्द्रित रहेको मन्त्री खड्काले बताए । ४० मेगावाट विद्युत बङ्गलादेशलाई बिक्री गर्ने तयारीमा रहेको समेत उनले सुनाए ।

उनले भने, ‘यतिबेला सम्झौता भइसक्नु पर्ने हो । तर बङ्गलादेशको राजनीतिक अवस्थाले केही पर धकेलिएको हो ।’ चिनलाई पनि विद्युत खरिदका लागि आग्रह गरिएको उनको भनाइ थियो ।

विद्युत निर्यातले देशलाई गरिबीको रेखामुनिबाट माथि उकास्ने बताए । पहाडी भेगमा लिफ्टीङ् प्रविधि मार्फत सिंचाइको समस्या समाधान गरिने उनको भनाइ थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!