खोटाङ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय शम्भुधन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईले पछिल्लो पटक २०८० फागुन ८ गते बिहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा पक्राउ गरिएको हो ।