सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ छन् ।
माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो । उनीसँगै रहेका स्थानीय हदिस मियाँ घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।