तेह्रथुम । अविरल वर्षापछि मङ्गलबार राति तेह्रथुमको फेदाप गाउँपालिका–४ मा पहिरो जाँदा विद्यादय भवनमा क्षति पुगेको छ । स्थानीय जालपादेवी आधारभूत विद्यालयको भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पहिरो खसेपछि विद्यालयका भवनहरू सहित अन्य संरचना जोखिममा परेको जनाइएको छ । पहिरोले स्थानीय दलबहादुर कार्कीको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
राति आएको ठूलो पानी र हावाहुरीले फेदाप गाउँपालिकामा पहिरो र रुख ढल्दा बिजुलीका खम्बामा क्षति पुगेको छ । कतिपय स्थानमा तार चुँडिएको छ । तार चुँडिदा बिजुली आपूर्ति बन्द भएको छ । मर्मत गरी बिजुली नियमित गर्न केही दिन लाग्न सक्ने विद्युत प्राधिकरणको स्थानीय शाखाले जनाएको छ ।