संगालोखबर

विराटनगर । भूदेव खाद्य उद्योग प्रा. लि. (हुलास फुड) र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच सुलभ स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । उक्त उद्योगसँग आवद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो ।

Advertisement

सम्झौतापछि उद्योगसँग आवद्ध बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भए नोवेलमा उपचार गर्दा विशेष छुटको व्यवस्था हुने जनाइएको छ । उद्योग अन्तर्गतका सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारी तथा श्रमिकहरूको पनि प्राथमिकताका साथ नोवेलमा उपचार गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा भूदेव खाद्य उद्योगकी राष्ट्रिय बिक्री प्रबन्धक शैशवी निरौला र नोवेल शिक्षण अस्पतालका तर्फबाट महाप्रबन्धक दिपेश राईले हस्ताक्षर गरेका छन् । आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घ संस्थाहरूसँग सहकार्यमा विभिन्न समुदाय, क्षेत्र र पेशाका व्यक्ति तथा तिनका परिवारको उपचारमा छुट सहितको गुणस्तरीय सेवा प्रदान गर्दै आएको नोवेलले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!