संगालोखबर
कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । उपचारका लागि अस्पताल लगिएका बेला फरार भएका जिल्ला कारागार मोरङका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमदलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार उनलाई मोरङको जहदा गाउँपालिका–१ तरेगामाबाट पक्राउ गरिएको हो ।

Advertisement

पेट दुख्ने समस्या भएपछि उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । निगरानीका लागि राखिएका प्रहरीलाई छलेर उनी साउन १७ गते अस्पतालबाटै फरार भएका थिए ।

फरार भएका कैदी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो ।

उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!