संगालोखबर

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।

Advertisement

कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई झोला, कापी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंग्रेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश लगायतका सामग्री वितरण गरिने उनले बताए । बिगत ३ वर्षदेखि परिषद्ले शैक्षिक सामग्री वितरण गर्दै आएको उनले उल्लेख गरे ।

विद्यार्थी, शिक्षक र शिक्षाविद् माझ कार्य गर्दै आएको परिषद्ले देशका सातवटै प्रदेशमा शिक्षा क्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको छ । विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानका अनुसार परिषद्ले विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम दिंदै आएको बताए ।

यस्तै, परिषद्ले छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!