संगालोखबर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्नलाई प्रहरीले आज अपराह्न पक्राउ गरेको छ । उर्लाबारी–५ का ३५ वर्षीय सुभाष तामाङलाई प्रहरीले सुन्दरहरैँचा–४ बाट पक्राउ गरेको हो ।

Advertisement

को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोस्ट गछियाका असई किशोर निरौला नेतृत्वको टोलीले पक्राउ गरेर तामाङलाई इलाका प्रहरी बेलबारीको जिम्मा लगाएको छ ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी प्रहरीले गरेको छ । प्रहरीका अनुसार तामाङले लठ्ठी र खुकुरी प्रहार गरेर गएराति दाहालको हत्या गरेका थिए ।

मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!