संगालोखबर


धनकुटा । प्रभु बैङ्कले धनकुटामा शाखा विस्तार गरेको छ । धनकुटामा पहिलो पटक प्रभु बैङ्कले हुलाकटोलमा शाखा स्थापना गरेर कारोबार सुरु गरेको हो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आइतबार रिबन काटेर बैङ्कको शाखा कार्यालय उद्‌घाटन गरेका छन् । धनकुटासँगै तेह्रथुमको म्याङलुङमा पनि एकैदिन शाखा स्थापना गरिएको प्रभु बैङ्कका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले जानकारी दिए ।

Advertisement

उनका अनुसार योसँगै कोशी प्रदेशमा प्रभु बैङ्कका ३८ शाखा भएका छन् । प्रभु बैँकलाई हरेक जिल्लामा पुर्याउने र त्यस ठाउँको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यसहित शाखा विस्तार गरिएको प्रभु बैङ्कले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!