ठिक्क मात्र नाफा खाई गर्नु पर्छ व्यापार पनि
पैसा पैसा पैसा हैन सिकौं राम्रो व्यवहार पनि

जन्म दिन्छन् कर्म दिन्छन् सन्तानमै रमाउँछन्
मातापिता देवता हुन् अनि बाँच्ने आधार पनि

प्रमाणपत्र हात पार्दैमा असल मान्छे होइँदैन
पढ पढ मात्र होइन सिकाउनु संस्कार पनि

अन्धाधुन्ध के के न हो नदेखाइ हाल्नुहोस् है
नयाँ हुन्जेल मात्र औधी मिठो हुन्छ प्यार पनि

सही सत्य कमाए नि दशांश दान गर्नु भन्छन्
गोप्य दान उत्तम हुन्छ नगर्नू धेर प्रचार पनि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!