झापा । झापामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । इलाम घर भई हाल झापाको दमक नगरपालिका–३ धिमाल टोल बस्ने १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो स्थानीय खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैंलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।