संगालोखबर

खोटाङ । भोजपुरबाट खोटाङको दिक्तेल जिल्लामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Advertisement

प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्र्याक्टर साकेला गाउँपाालिका–१ मा आज अपराह्न दुर्घटना हुँदा त्यसमा सवार स्थानीय २१ वर्षीय जीवन देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका सहचालक घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भइ सडकभन्दा करिब ३० मिटर तल झरेको प्रहरीको भनाइ छ । चालकको खोजीसँगै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!