संखुवासभा । संखुवासभामा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो ।
मोतिमाया र समीक्षा सासु-बुहारी हुन् । उनीहरूलाई पहिरोसँगै खसेको ढुङ्गाले किचेको हो । घटनामा परी २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन् ।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउँने तयारी भइरहेको प्रहरीले जनाएको छ ।