संगालोखबर

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको गृहजिल्ला झापामा आज दीप प्रज्वलन गरेर खुशियाली मनाइएको छ । एमाले, काँग्रेस लगायत दलका नेता कार्यकर्ता तथा स्थानीयवासीले साँझ दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन गरेका हुन् ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज सपथ ग्रहणपछि जिम्मेवारी सम्हालेका छन् । चौथो पटक प्रधानमन्त्री भएका ओली मुलुकको ४५ औं प्रधानमन्त्री बनेका हुन् । उनले आजै २१ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । जसमा दमकका देवेन्द्र दाहाल पनि समेटिएका छन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ । दमकले पुनः प्रधानमन्त्री र मन्त्री पाएको भन्दै दीप प्रज्वलन गरेर खुशियाली मनाइएको हो ।

दीप प्रज्वलनपछि आयोजित सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा क्षेत्र न.५ का इन्चार्ज रोम ओली, नेपाली काँग्रेस दमक नगर समितिका कार्यवाहक सभापति प्रेम भट्टराई लगायतले जनभावना अनुसार काम गरेर सरकारले जनताको मन जित्नुपर्ने धारणा राखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!