संगालोखबर

विराटनगर । झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा भारतीय नागरिक ३६ वर्षीय बब्लु रायलाई ११ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

यस्तै, धनकुटाको छिन्ताङस्थित इलाका प्रहरी कार्यालयको टोलीले को ३८ प ६५६७ नम्बर मोटरसाइकलमा सवार सहिदभूमि–२ का २८ वर्षीय हिरालाल राई र २८ वर्षीय नितेश राईलाई १४ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले बेलबारी–४ का २५ वर्षीय हन्डु राईलाई ६४ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!