संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको पथरी शनिश्चरेमा टिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पथरी शनिश्चरे–१० मा प्र.१–०२–००१ क ५०६३ नम्बरको टिपरले ठक्कर दिंदा इलामको चुलाचुली गाउँपालिका–५ का ३३ वर्षीय सुभाष राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त टिपरले हिजो साँझ राईले चलाएको प्र.१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्कर दिने टिपरलाई इलाका प्रहरी पथरीको टोलीले नियन्त्रणमा लिएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!