संगालोखबर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ मा भरुवा बन्दुकको छर्रा लागेर एकजना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार स्थानीय शेषराज खतिवडा र उनकी श्रीमती मेनुका खतिवडा दुम्सीबाट मकै जोगाउन आफ्नो बारीमा गएका बेला घटना भएको हो ।

Advertisement

प्रहरीका अनुसार मकैबारी रुङ्नका लागि बनाइएको अस्थायी टहरामा उनीहरु सुतिरहेको अवस्थामा एक्कासि भरुवा बन्दुक पड्किएको थियो । त्यस क्रममा मेनुकाको ढाडको दाहिनेतिर छर्राले लागेको थियो ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्याइएको प्रहरीले जनाएको छ । छर्राले लागेर उनीहरुको साथमा रहेको कुकुर पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी टोली पुगेर अनुसन्धान गर्ने क्रममा बन्दुक पड्काउनेहरु स्थानीय अनिलकुमार तामाङ र तुलसी जिमी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उक्त बन्दुक बरामद गरेको छ ।

मुलुकी अपराध संहिता–२०७४ बमोजिम उनीहरुमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरमा मुद्दा चलाउने गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!