संगालोखबर

झापा । हात्ती गाउँतिर आएको सूचना अब मोबाइल एपको प्रयोगमार्फत् पाउन सकिने भएको छ । झापाको मेचीनगरमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना गरी यस्तो व्यवस्था गरिएको हो । केन्द्रको प्रतिनिधिसभाका समामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् ।

Advertisement

मेचीनगर नगरपालिकाले जडान गरेको उक्त प्रविधिबाट हात्ती प्रभावित स्थानीय बासिन्दालाई राहत हुने जनाइएको छ । मोबाइलमा डाउनलोड गरिएको एफमार्फत् कसैले हात्ती आएको संकेत गरेमा उक्त केन्द्रमा साइरन बज्नेछ । साइरन बजेपछि स्थानीय बासिन्दाले हात्ती आएको भन्ने जानकारी पाउनेछन् । त्यसपछि सतर्कता अपनाउन सकिने नगरपालिकाले जनाएको छ ।

झापाको उक्त क्षेत्र जंगली हात्तीबाट प्रभावित हुँदै आएको छ । हात्तीले आक्रमणमा परी कतिपयको ज्यान गइसकेको छ । यस्तै, बालीनालीमा क्षति हुने, घर भत्काइदिने जस्ता क्रियाकलापका कारण स्थानीय बासिन्दा पीडित बन्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!