संगालोखबर

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुरले स्थान पक्का गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न सेमिफाइनल खेलमा झापाले ताप्लेजुङलाई शून्यका विरुद्ध ६ गोलले हरायो ।

Advertisement

यस्तै, भोजपुरले ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा स्थापन पक्का गरेको हो । झापाकी जेनिफर रानामगर एक्लै ६ गोल गर्न सफल भइन् ।

पहिलो हाफको १४, १६, २७ र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २० औँ मिनेटमा उनले गोल गरिन् । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले पुरस्कार प्राप्त गरिन् ।

यस्तै, भोजपुरकी खेलाडी आशिका कार्कीले खेलको तेस्रो मिनटमा तथा छैटौँ मिनेटमा सविना तामाङले एक–एक गोल गरे । भोजपुर र ओखलढुङ्गाबीचको सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ भोजपुरकी खेलाडी आरती भुजेल घोषित भइन् ।

जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल असार २५ गते दिउँसो हुनेछ । असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका टिम सहभागी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!