संगालोखबर

सुनसरी । निरन्तर बर्षापछि जलसतह बढेको कोशी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । बाढीसँगै बगेर आएका रुखका ठुठा संकलन गरिरहेका भारतीय बालक बगेर बेपत्ता भएका हुन् ।

Advertisement

बाढीमा बगेर आएका काठ, दाउरा संकलन गर्ने क्रममा कोशी ब्यारेजस्थित नदीमा उनी बगेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा भारतीय बालक १६ वर्षीय रुपेश सदा छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कोशी ब्यारेजमा हरेक वर्ष वर्षा याममा बाढीमा बगेर आउने रुख, काठ संकलन गर्नेको भीड हुने गरेको छ । जोखिमपूर्ण अवस्थामा त्यस्ता वस्तु संकलन नगर्न प्रहरी प्रशासनले सूचित गर्ने गरेको भए पनि यो क्रम रोकिएको छैन ।

गत साता मात्रै जिल्ला प्रशासन कार्यालयले नदीमा पानीको सतह बढेको र जोखिम हुने भन्दै डुंगा चलाउने, माछा मार्ने जस्ता गतिविधि नगर्न सूचित गरेको थियो । हिजो बिहानसम्म कोशीमा पानीको बहाव निरन्तर बढिरहेको थियो । साँझदेखि भने केही घट्न थालेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!