संगालोखबर

झापा । काँकडभिट्टाबाट यात्री लिएर बाग्लुङतर्फ गइरहेको बस चितवनमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्र१–०१–००१ ख ४३८० नम्बरको बस चितवनको खैरहनीमा दुर्घटना भएको हो ।

Advertisement

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले बस चालक झापाको अर्जुनधारा गाउँपालिका–११ का ४० वर्षीय मधुसुदन नेपाललाई नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!