संगालोखबर

ताप्लेजुङ । सदरमुकाम फुङ्लिङ नगरपालिकामा पहिरोले एउटा घर र गाडीमा क्षति गरेको छ । फुङ्लिङ नगरपालिका–६ बिहिवारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा पहिरोले क्षति पुर्याएको हो ।

Advertisement

पहिरोले शेर्पाको घरको भुइँतलामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । घरको पर्खाललगायत संरचनामा क्षति पुगेको हो ।

घरनजिक सडकमा रोकी राखेको प्रदेश १–०१–००१ ज ३७३१ नम्बरको बोलेरो गाडीमा पनि पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । पहिरोमा झरेको ढुङ्गाले लागेर गाडी क्षतिग्रस्त भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!