संगालोखबर


ताप्लेजुङ । अविरल वर्षासँगै राते खोलामा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा ट्रस पुल बगाएको छ । बाढीले गएराति उक्त पुल बगाएपछि आउजाउमा कठिनाइ भएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार पुल बाढीले बगाएपछि कञ्चनजंघा आधार शिविर घुन्सा जान र त्यताबाट सदरमुकामतर्फ आउन स्थानीय बासिन्दालाई समस्या भएको छ ।

Advertisement

ताप्लेजुङमा अहिलेसम्म बाढी र पहिरोका कारण २६ घरमा पूर्ण क्षति पुगेको छ । ४५ घर उच्च जोखिममा रहेका र ८१ घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । यो वर्षको मनसुन सुरु भएयता बाढी–पहिरोमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!