संगालोखबर


झापा । झापाको कमल गाउँपालिकाकी एक महिलालाई खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कमल–६ मा डेरा गरेर बस्ने रुपेश सदा छन् ।

सप्तरीको राजविराज–११ घर भएका ४१ वर्षीय सदाले कमल–६ सुकुम्बासी टोलमा बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई खुकुरीले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए ।

Advertisement

सिटी सफारी चलाउँदै आएका सदाले हिजो दिउँसो सुमित्रालाई हतियार प्रहार गरेका थिए । के कारणले उनले महिलामाथि आक्रमण गरेको भन्ने खुलिसकेको छैन । प्रहरीले सोधखोज गरिरहेको छ ।

घटनापछि भागेका उनलाई सप्तरीको बिसनपुरबाट नियन्त्रणमा लिइएको हो । हाल इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!