संगालोखबर


सुनसरी । पानी पर्ने क्रम निरन्तर रहँदा सप्तकोशी नदीमा जलसतह थप बढ्दै गएको छ । आज बिहान गरिएको मापन अनुसार कोशी ब्यारेज भएर तीन लाख १६ हजार ८०० क्युसेक पानीको बहाव देखिएको छ ।

कोशी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलेर निकास दिइएको छ । पानी पर्ने क्रम नरोकिएकाले नदीमा अझै जलस्तर बढ्ने सम्भावना रहेको जनाइएको छ ।

Advertisement

जलसस्तरले सतर्कता तह पार गरेको साथै अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । जोखिम हुने अवस्थालाई ध्यान दिंदै कोशी ब्यारेज र आसपास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको छ ।

सुनसरी र सप्तरी जिल्ला प्रशासनले पनि नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । यसअघि कोशीमा माछा मार्न र डुंगा सञ्चालन गर्न प्रशासनले रोक लगाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!