संगालोखबर

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा आज मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।

Advertisement

प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा १०१ जना उपस्थित भएर मतदान गरेका थिए । जेठ २८ गते एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, कांग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।

जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीलगायतले भने विपक्षमा मतदान गरेका छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!