संगालोखबर
जिल्ला प्रहरी कार्यालय पाँचथर

पाँचथर । सदरमुकाम फिदिम नगरपालिका–१४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार फिदिम–१२ का दिनेश मगर, १३ का विजय लिम्बू र १४ का सुशील राईलाई पक्राउ गरिएको हो ।

बिहीबार राति स्थानीय धनकुमार राईको घरमा राखिएको धामीझाँक्रीले गर्ने विधि ‘चिन्ता’ हेर्न पुगेका दिनेशसहित चारजनालाई कुटपिट गरिएको थियो । कुटपिट गर्ने समूहमा उनीहरु पनि रहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

Advertisement

कुटपिटबाट गम्भीर घाइते भएका राईको पाँचथर जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । उनका साथीहरु पर्शुराम राई, ध्रुव राई र पुष्कर विक घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहका अनुसार घटनापछि फरार रहेका खोजीका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । कुटपिटमा संलग्न अन्यको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!