संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित राम बजारमा गएराती आगलागी हुँदा तीन वटा घर जलेका छन् । राती करिब १ बजे स्थानीय मोहन भण्डारीको घरबाट सुरु भएको आगो छिमेकीको घरमा पनि फैलिएको हो ।

Advertisement

आगोले भण्डारीको घरसँगै छिमेकीहरू शेरबहादुर भुजेल र बद्री बर्देवाको घर पनि जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘मध्यरातिबाट आगलागी सुरु भएको थियो, बिहान ८ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ,’ डीएसपी महर्जनले संगालोखबरसँग भने, ‘भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन ।’

आगो नियन्त्रणका लागि धनकुटा नगरपालिकाको दमकल पनि गएको थियो ।

दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रण गरेका हुन् । आगलागीबाट करिब ६६ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको कारण खुलेको छैन ।
 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!