संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ६२ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको पाँचौँ अधिवेशनमा उपमेयर मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

Advertisement

पालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन पूर्वाधार विकास र युवा स्वरोजगार कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । बजेट कार्यान्वयनका लागि पालिकाले सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने नगर प्रमुख ध्रुवराज रायले जानकारी दिए ।

नगरसभामा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको छ । विभिन्न क्षेत्रमा सहयोग तथा योगदान गर्ने अन्य व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।

यस्तै, पालिकाका व्यावसायिक कृषकहरू मध्येबाट उत्कृष्ट कृषक तथा उत्कृष्ट उद्यमीलाई पनि पुरस्कृत र सम्मानित गरियो । चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरू मध्येबाट कार्य सम्पादनको आधारमा उत्कृष्ट उपभोक्ता समितिका अध्यक्षलाई पनि सम्मान गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!