संगालोखबर


झापा । झापाको कनकाई नगरपालिकामा अटोको ठक्करले एकजना वृद्धको मृत्यु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा–झापा भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय ओमप्रकाश भेटवालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्रदेश १–०१–००१ ह ७७३८ नम्बरको अटोले पैदलयात्री भेटवाललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।

Advertisement

उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अटो चालक कनकाई–५ का ४२ वर्षीय टीकाराम उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!