विराटनगर । मोरङको कोरबारीमा विद्यालय जाने क्रममा एकजना बालकको बगेर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शिलाका चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम मंगलबार बिहान स्थानीय गोबिने खोलामा बगेका थिए ।
प्रहरीका अनुसार खोजीका क्रममा उनलाई बगेको स्थानबाट सय मिटर तल खोला किनारमा मृत अवस्थामा फेला पारिएको थियो । उनी केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।