संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरेको छ ।

Advertisement

यस्तै, अपाङ्गता पुनःस्र्थापना कार्यक्रमका लागि २० लाख, महिला, बालबालिका, आदिवासी, जनजाति, दलित, पछाडि परेको वर्ग तथा समुदाय समावेशीकरणका तथा लक्षित कार्यक्रमका लागि ४९ लाख विनियोजन गरिएको छ ।

यसैगरी, कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकास कार्यक्रम सञ्चालन गर्न १० लाख, विपद्ले सिर्जना गर्ने जोखिम न्यूनीकरण गर्न तथा विपद् व्यवस्थापनका लागि ५ लाख विनियोजन भएको छ । मातृभाषा शिक्षण कार्यक्रमतर्फ १६ लाख ६० हजार, बालविकास, विद्यालय कर्मचारी तथा सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूका लागि ९९ लाख २० हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, राष्ट्रपति रनिङ प्रतियोगिताका लागि ५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ लाख बजेट विनियोजन भएको छ । ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नाराका साथ टोलस्तरीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न २ लाख ५० हजार बजेट विनियोजन भएको छ । गाउँसभा सदस्य पूर्वाधार कार्यक्रमतर्फ ३८ लाख, खानेपानी व्यवस्थापनतर्फ १५ लाख र विशेष अनुदानतर्फ छिन्ताङ साम्बुगाउँ स्वास्थ्यचौकी भवन निर्माणका लागि ९५ लाख बजेट विनियोजन भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!