संगालोखबर


झापा । विद्यार्थीलाई कुटपिट गर्ने झापाको बुद्धशान्ति–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयका शिक्षक विवेश भण्डारीलाई निलम्बन गरिएको छ । कक्षा ७ का विद्यार्थीहरुलाई कुट्ने ‘डिसिप्लिन इन्चार्ज’ भण्डारीलाई विद्यालयले निलम्बन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गर्ने निर्ण गरेको समिति अध्यक्ष मनोरथ तिवारीले बताए । एक महिनाभित्र समितिमा लिखित स्पष्टीकरण दिन पनि उनलाई भनिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने समितिले जनाएको छ ।

Advertisement

विद्यार्थीमाथि कुटपिट भएपछि अभिभावकले कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए । विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो ।

विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने भण्डारीलाई ‘डिसिप्लिन इन्चार्ज’ राखेको थियो । आइतबार उनले विद्यार्थीहरूलाई रबरको पाइपले पिटेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!