संगालोखबर
चट्याङ लागेर मृत्यु भएका झापाको कमल गाउँपालिका–२ का राजन खड्का ।

झापा । झापाका बेग्लाबेग्लै स्थानमा चट्याङ लागेर आज दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

Advertisement

यसैगरी स्थानीय एकजनाको खेतमा काम गरिरहेका बेला गिरीलाई चट्याङ लागेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै उनको मृत्यु भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!