संगालोखबर

विराटनगर । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलनका लागि मोरङमा अभियान सुरु भएको छ । विवरण संकलन भइसकेका वडामा पुगेर परिचयपत्र वितरण गर्ने र छुटेकाहरूको विवरण संकलन गरिने भएको हो ।

Advertisement

जिल्लाका १७ पालिकामध्ये पहिलो चरणमा रंगेली नगरपालिकाका सबै वडा तथा विराटनगर महानगरपालिकाको १ देखि ८ नम्बरका वडा र ११ नम्बर वडामा परिचयपत्र वितरण गर्न लागिएको हो । मंगलवारदेखि विराटनगर महानगरपालिका र रंगेली नगरपालिकामा परिचयपत्र वितरण सुरु हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । त्यसका लागि लागि सबै तयारी पूरा भएको जनाइएको छ ।

अभियानमा खटिने ३० जना कर्मचारीहरूलाई तालिम दिएर दक्ष बनाइएको प्रशासनले जनाएको छ । परिचयपत्र लिनका लागि ‘बायोमेट्रिक’ अनिवार्य गरिएको छ । त्यसकारण परिचयपत्र कार्ड लिन कार्डमा नाम भएको व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने छ ।

अभियानअन्तर्गत पहिलो चरणमा मोरङमा ४ लाख ६० हजार परिचयपत्र वितरण गर्न लागिएको हो । नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय परिचयपत्र बनाउनका लागि २०७८ असोजदेखि जिल्लामा विवरण संकलन कार्य शुरु गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!