संगालोखबर

विराटनगर । मोरङको रंगेली नगरपालिकाले दशौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख भुमा पराजुलीले ७२ करोड चार लाख १५ हजार ५८ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी हुन् ।

Advertisement

बजेटमा चालुतर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायतका खर्च छन् ।

आयतर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड ७० लाख, सशर्त अनुदान ३१ करोड १७ लाख १८ हजार ५ सय, समपूरक अनुदानतर्फ १ करोड ५० लाख, विशेष अनुदान ९५ लाख र प्रदेश सरकारबाट ९३ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी राजश्वतर्फ आन्तरिक राजश्वमा ४ करोड ५४ लाख ४५ हजार ५ सय ५८, नेपाल सरकार राजश्व बाँडफाँटबाट १२ करोड ४६ लाख, घरजग्गा रजिष्ट्रेसन मालपोतबाट ५ करोड र प्रदेश सरकार राजश्व बाँडफाँटबाट ७८ लाख ७ हजार रुपैयाँ आय हुने अनुमान गरिएको उपप्रमुख पराजुलीले जानकारी दिइन् ।

त्यस्तै, व्ययतर्फ चालु खर्चमा संघीय सशर्त २७ करोड २९ लाख १८ हजार ५ सय, नगरपालिका केन्द्र १७ करोड १९ लाख ३५ हजार, सूचना प्रविधि शाखाका लागि २६ लाख ४० हजार, स्वास्थ्य शाखाका लागि ७९ लाख ५५ हजार गरिएको छ ।

शिक्षा शाखाका लागि १ करोड ७८ लाख ७७ हजार, न्यायीक समिति १३ लाख १५ हजार, पशुपंक्षी शाखाका लागि २१ लाख ८५ हजार, कृषि शाखाका लागि १० लाख र समाजिक तथा महिला, बालबालिका शाखाका लागि ४५ लाख ७६ हजार र वडा सञ्चालन खर्च ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताइन् ।

त्यसैगरी पूँजीगततर्फ नगरपालिका केन्द्र १६ करोड ३६ लाख ३६ हजार, संघीय सशर्त ३ करोड ८८ लाख, सघीय समपूरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान ९५ लाख, पशु शाखा कार्यक्रम ८ लाख ७५ हजार र कृषि शाखा ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि सर्वसम्मत पारित भएको छ । छलफलपछि सभाध्यक्ष नगर प्रमुख दिलिप बगडियाले आर्थिक वर्ष २०८१–०८२ को नीति कर्यक्रम तथा बजेट पारित भएको घोषणा गरे ।

नगरसभाको अवसरमा विभिन्न विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई र नगरप्रहरी सुनिता पौडेललाई उत्कृष्ट कार्य गरेवापत सम्मान समेत गरिएको थियो । त्यसैगरी रंगेलीको चौतर्फी पूर्वाधार विकास र उज्यालो नगर बनाउन अहोरात्र लागि परेका नगरपालिकामा कार्यरत करण ठाकुरलाई विशेष सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!