संगालोखबर

सर्लाही । आफूलाई तपश्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमवार उनलाई दोषी ठहर गरेको हो ।

Advertisement

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहराएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । बम्जनमाथि सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने अदालतले जनाएको छ । बम्जनविरुद्ध बालयौन दुरुपयोगमा १८ वर्षीया किशोरीका तर्फबाट जाहेरी परेको थियो ।

न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन महोत्तरी कारागार जलेश्वरमा छन् ।

यसअघि ३ पटकसम्म बम्जनविरुद्धको मुद्दामा पेशी चढे पनि बम्जनका वकिलहरूले दुई तथा सरकारी वकिलले एकपटक निवेदन दिएर सारेका थिए । सोही मुद्दामा जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!